नेकपा एमालेको टोली आज सुर्खेतबाट रुकुमकोट पुग्दै छ ।
समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली रुकुम पुग्ने भएको हो ।
सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्न यात्रा टोलीले करिब २ सय किलोमिटर दुरी पार गर्नुपर्नेछ ।
यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गर्ने, सल्लीबजार, छेडे बजार, सेरी गाउँ, मुसिकोट लगायतका ठाउँमा स्थानीय नेता कार्यकर्ता र शुभेच्छुसँग छलफल गर्ने छन् ।
भूकम्पले क्षतिग्रस्त भएको रुकुमको चौरजहारीमा गरिने पुननिर्माणका विषयमा पनि छलफल गरिने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।
प्रकाशित मिति : २०८० मंसिर १९ गते मंगलबार
