प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले टिकटक बन्द गर्ने निर्णयमा लचकता प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भने, “यो बन्द गर्नुपर्यो भन्ने आवाज धेरैतिरबाट आएको हो । काँग्रेस सभापति, एमाले अध्यक्षले पनि पटक पटक भन्नुभएको हो ।
मैले त विवाद हुन्छ कि भनेर दुई तीन महिना नै पर सारेको पनि हु तर हाललाई बन्द गरौँ भन्ने भएर गरिएको हो। यो सधैँलाई बन्द नै गर्ने नियत सरकारको होइन बरु सामाजिक सञ्जालसम्बन्धी विधेयक आउँदै छ, त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ ।”
टिकटक प्रतिबन्ध लामो समय नजाने सङ्केत गर्दै प्रधानमन्त्री दाहालले भने बरु नियमन नै नहुने भन्ने कुनै पनि विषय नहुने भएकाले नियमन गर्न सकिने र यसका लागि के कस्ता नियमनकारी प्रावधान राख्न सकिन्छ भनेर सुझाव दिन सबैलाई आह्वान गरेको जानकारी गराएका छन् ।
टिकटकका विषयमा आफूले नागरिकका आवाज पनि सुनेको र जनताले नै सरकारले यसलाई बन्द गरिदेओस् भन्ने गरेका प्रसङ्ग समेट्दै प्रधानमन्त्री दाहालले यसबाट बहुसङ्ख्यक नागरिक टिकटक बन्द भएकामा नै खुसी रहेका बताएका छन्।
उनले भने, “कतै कतै सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभियो भन्ने आवाज पनि मैले सुन्ने गरेको छु । त्यो बिलकुल गलत हो, हामी नागरिकका सबै प्रकारका अधिकार रक्षाको पक्षमा छौँ ।”
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ