सूचनाको शक्ति - The Power Of Information

        

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्य विरुद्धको कसुर मुद्दा दायर भएको थियो ।

२०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १९:५४

लोकप्रिय