प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन्।
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २८) मा सहभागी हुन गत बुधबार संयुक्त अरब इमिरेट् दुबई गएका प्रधानमन्त्री प्रचण्ड आज साँझ साढे ६ बजे स्वदेश फर्किन लागेको उनको निजी सचिवालयले जनाएको छ।
सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड शुक्रबार र शनिबार विभिन्न बैठकहरूमा सहभागी भएका थिए।
शनिबार उनले कोप २८ लाई सम्बोधन गर्दै विकसित देशहरूका कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको बताएका थिए।
प्रधानमन्त्री प्रचण्डले कार्बन उत्सर्जनमा शून्य योगदान भएपनि नेपाल जलवायु परिवर्तनको नकारात्मक असर भोग्न वाध्य भएको उनको भनाइ थियो।
जलवायु परिवर्तनको संकट सम्बोधन गर्न विकसित मुलुकहरूले कम विकसित मुलुकलाई अनुदान दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ