नेकपा एमालेको मध्यपहाडी लोकमार्गअन्तर्गत शुरु भएको समृद्धिका लागि संकल्प यात्रा आज दैलेख पुग्ने भएको छ ।
अछामको मंगलसेनबाट मंसीर १४ गते शुरु भएको १५४ किलोमिटर लामो यात्रा चौथो दिन आइतबार दैलेख पुग्ने भएको हो ।
आज कर्णाली प्रदेशको दैलेखस्थित राकममा आमसभा हुने भएको छ ।
एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुले दैलेखका जम्बुकाँध, चगत्रा र श्रीस्थानमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने ओलीले श्रीस्थानमा पेट्रोलियम उत्खनन कार्यको अवलोकन पनि गर्नुहुनेछ ।
यात्राका क्रममा एमालेले मध्यपहाडी लोकमार्गको दूरी घटाउने उद्देश्यले सर्वेका लागि ईञ्जिनीयरहरुको टोली पनि सँगै लगेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दैलेख