२०८३ असोज ५ , सोमबार 22, September 2026, Tuesday

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ काठमाडौंमा बस्ने

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ।

बैठकमा अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठनिक र रणनीतिक कार्यदिशा बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने तय भएको छ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहनेबीच मोर्चा निर्माण गरी जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिने छ।

यसैगरी, बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिवेदन, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठनसम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

यो प्रत्येक तीन/तीन महिनामा बस्ने नियमित बैठक भएको समेत महामन्त्री बर्तौलाले जानकारी दिए।

२५ गते दिउँसो उपत्यका स्तरी बृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने पार्टीले जनाएको छ।

प्रकाशित मिति : २०८० मंसिर १७ गते आइतबार