नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले संगठन विस्तारमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ मा काँग्रेस क्षेत्र नं. १ प्रदेशसभा ‘क’ को कार्यालय, गाउँपालिका कार्यालय र वडा कार्यालयको संयुक्तरुपमा उद्घाटन गर्दै पार्टी सभापति गौडेलले जिल्ला नेतृत्व पार्टीलाई गतिशील, चलायमान र धारिलो संगठन बनाउने अभियानमा लागेकाले त्यही अनुसार कार्यकर्ताहरु पनि लाग्नुपर्ने बताए ।
उनले भने–‘पार्टीलाई चलायमान र गतिशील बनाउन तपाईंहरुको भूमिका पनि महत्वपूर्ण छ । संगठन चुस्तदुरस्त बनाउने यो अभियानमा जसले सक्रियता र क्रियाशीलता देखाउँछ उसको पार्टीले उचित समयमा उचित मूल्यांकन गर्नेछ ।’
उनले नेपाली काँग्रेस नै मुलुकको विकास र सम्बृद्धि गर्ने पार्टी भएकाले ढुक्क भएर पार्टीका गतिविधिमा क्रियाशील हुन आग्रह गरे । ‘यहाँ धेरै थरिका विचार र भावनाहरु पोख्नेहरु छन् । आवेश र कुन्ठा अनि आक्रोश पोख्नेहरु छन् ।
यसले न पार्टीलाई हित गर्छ न त विकास र सम्बृद्धिलाई । त्यसैले मेरो आग्रह छ, पार्टी बनाउने र यहाँको पालिकालाई सम्बृद्ध बनाउन रचनात्मक सहयोग र सहकार्य गरौं,’ उनले भने ।
यस्तै नेपाली काँग्रेस बाँकेका सचिव सुधान्शु कोइरालाले पार्टीलाई अगाडि बढाउन गुट उपगुटमा अल्झिन नहुने बताए । उनले चुनावको बेला समूह बन्नु फरक भएपनि चुनावपछि भने गुटउपगुटमा अल्झिन नहुने र पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताए ।
कार्यक्रममा जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले पार्टीलाई एक बनाउन सबैले आफ्नो स्वार्थ त्याग्नुपर्ने बताए । यस्तै निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्रीले गाउँगाउँमा पार्टीका गतिविधिहरुलाई क्रियाशील बनाएर लैजानुपर्ने सुझाव दिए । पछिल्ला दिनमा पार्टीप्रतिको विश्वास कार्यकर्तामा गुम्दै गएको भन्दै उनले विश्वास भर्ने काम सबै तहतप्का बाट हुन जरुरी रहेको बताए ।
महाधिवेशन प्रतिनिधि लाहुराम थारुले पार्टीबाट प्रतिनिधित्व गरेर स्थानीय सरकारले नेतृत्व गरेकाहरुले पार्टीलाई पनि जोड्नुपर्ने बताए । महासमिति सदस्य महावीर वलीले पार्टीलाई एक ढिक्का बनाउन सबैलाई मिलाएर लैजानुपर्ने सुझाव दिए ।
वडा सभापति बालकिसुन थारुको सभापतित्वमा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य राप्तीसोनारी गाउँपालिकाका सभापति भीम रानाले राखेका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके