२०८२ फागुन ७ , बिहीबार 19, February 2026, Thursday
निर्वाचन आयोग:

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता मंसिर २४ देखि २९ गतेसम्म

११ माघमा निर्वाचन तय
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर १५ गते शुक्रबार

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गर्ने समय आयोगले तोकेको छ ।

शुक्रबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिनुभयो ।

राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २०८० मंसिर १५ गते शुक्रबार