नेपाली काँग्रेस कोहलपुर नगर उपसभापतिमा ऋषि सापकोटा निर्वाचित भएका छन् ।
निकटतम् प्रतिस्पर्धी युवक ओलीलाई ६ मत अन्तरले पराजित गर्दै सापकोटा नगर उपसभापति भएका हुन् । सापकोटाले १२२ मत प्राप्त गर्दा ओलीले ११६ मत प्राप्त गरे ।
निकै प्रतिष्पर्धात्मक निर्वाचनमा सापकोटाले वाजी मार्न सफल भए । सापकोटा जिल्ला सदस्यमा पराजित भएका थिए । उनी काँग्रेस सभापति नारायण गौडेल निकट हुन् ।
त्यस्तै अर्का प्रतिस्पर्धी चेतकान्त भट्टराईले भने केवल ३९ मत मात्रै प्राप्त गरे । ३२१ मतदाता संख्या रहेको कोहलपुरमा २८७ मत खसेको थियो ।एक वर्ष अघि भएको निर्वाचनमा सुशिल सापकोटा निर्वाचित भएका थिए ।
उनी राजिनामा दिएर विदेश गएपछि उक्त पद रिक्त थियो । नवनिर्वाचित सापकोटाले पार्टीको संगठन सुदृढीकरण, विस्तार र पार्टी एकताका लागि आफ्नो तर्फबाट पहल गरिने बताए ।
यस्तै बाँके क्षेत्र नं १ प्रदेश ख को उपसभापतिमा भने जागेश्वर चौधरी सर्वसम्मत निर्वाचित भएका थिए । उनको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन समितिले चौधरीलाई विजयी घोषणा गरेको हो ।
निर्वाचित उपसभापति डा. राजकुमार सुवेदीले पार्टी छाडेपछि उक्त पद रिक्त थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके