सूचनाको शक्ति - The Power Of Information

        

धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिन्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र निर्विकल्प भएको बताएका छन् ।

नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा राजतन्त्र कुनै पनि हालतमा नफर्किने बताए । जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना नभएको भन्दै देउवाले संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनै पनि गतिविधी मान्य नभएको तर्क गरे ।

सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निरंकुश राजतन्त्रको बारेमा वकालत गर्नु भविष्यका लागि घातक हुने बताए । जनता र पार्टी कार्यकर्तामा रहेको अन्यौल हटाउन काग्रेसको नेतृत्व लागि उनको भनाइ छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १६:५६

लोकप्रिय