दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले काठमाडौंको गौशालामा प्रदर्शन गर्ने क्रममा झडप भएको छ । अभियानलाई साथ दिँदै धर्मगुरु परिवार नेपालले गौशाला चोकमा आयोजना गरेको सभाका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
प्रदर्शनकारीले सडक अवरुद्ध गरेर सभा आयोजना गरेको थियो । प्रहरीले सडक सूचारु गर्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । सभामा नागरिक बचाऊ अभियानका संयोजक प्रसाईं समेत पुगेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
त्यसअघि सभामा श्रीनिवास आचार्य लगायतले आन्दोलन चर्काउनुपर्ने भन्दै उत्तेजक भाषण दिएका थिए । उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गेरुवस्त्रमा त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि लगत्तै उनलाई पक्राउ गरेको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं