पूर्वराजा ज्ञानेन्द्र शाहले आज सम्बोधन गर्ने भएका छन् । शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने क्रममा सम्बोधन गर्न लागेका हुन् ।
बिर्तामोड नगरपालिका–१ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा शाह सालिक अनावरणका लागि हिजै झापा पुगेका छन् ।
उनी हिजो मेचीनगरको ईटाभट्टामा रहेको फाइभ स्टार होटल मेची क्राउनमा बास बसेका छन् । यो होटलका सञ्चालक ‘बले’ भनिने बलराम सापकोटाको हो । सापकोटा झापामा केपी ओली निकट व्यवसायीका रुपमा चिनिन्छन् ।
काठमाडौंमा दुर्गा प्रसाईं लगायत राजावादीहरूको आन्दोलन चलिरहँदा पूर्वराजा शाहको झापा भ्रमणलाई महत्वका साथ हेरिएको छ । यद्यपि पूर्वराजा झापा जाने कार्यक्रम केही दिनअघि नै तय भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । झापा