मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागीमाथि भएको प्रहरी धरपकडको बिरोध भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज भईरहेका प्रहरी धरपकड प्रति आपत्ति जनाएका छन् ।
‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम हुन,’ अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन, सरकारले आफूलाई तत्काल सच्याओस ।’
हिजोदेखि प्रसाईले ‘ब्यवस्था बिरोधी’ आन्दोलनको सुरुवात गरेका छन ।
तीनकुनेमा आज हुने भनिएको कार्यक्रममा सरकारले अबरोध गरेको छ । हालसम्म सो कार्यक्रममा सहभागी हुन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गसिकेको छ भने प्रसाई स्वयं भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ