भोलि हुन लागेको आन्दोलनमा सहभागी हुन काठमाडौं आएका दुर्गा प्रसाईंका समर्थकलाई राति पार्टी प्यालेसबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
इटहरीबाट आएका प्रसाईंका समर्थक बसेको लोकन्थलीस्थित पार्टी प्यालेसबाट मध्येरातमा एमाले समर्थक युवा संघका कार्यकर्ताले उनीहरुलाई निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भाइरल भिडियोलाई युवा संघले अस्वीकार गरेको छ भने आफूहरुको बदनाम गराउनका लागि गरिएको षडयन्त्र भनेको छ । प्रसाईं समर्थकले भने युवा संघका कार्यकर्ताले नै यस्तो हर्कत गरेको आरोप लगाएका छन् ।
राति साढे ११ बजेतिर पार्टी प्यालेस पुगेको समूहले त्यहाँ रहेका पाहुनालाई बाहिर निकालेको सञ्चालक तेजबहादुर कुँवरले जानकारी दिए । सार्वजनिक भएको भिडियोमा सुतिरहेका महिलालाई कपडा लगाउन पनि नदिइ हतार हतारमा निकालिएको छ ।
“दुर्गे प्रसाईं…लाई फोन गर्नू लघा¥यो भनेर, यहाँबाट छिटो छिटो गइहाल्नू,” भिडियोमा एक युवाले भनेका छन् । सुतिरहेका महिलाले ‘हामीलाई कपडा लगाउन दिनु न’ भन्दै अनुरोध गरेकी छन् ।
“तपाईंहरु उठिहाल्नू, छिटो गर्नु छिटो, इटहरीबाट आउनुभएको हो भने त्यतै फर्किइहाल्नु,” भिडियोमा भनिएको छ ।
“हामी जान्छौँ तर लुगा लगाउन त दिनु,” सुतिरहेका महिलाले अनुरोध गर्दै भनेकी छन्, “हामी पनि तपाईंहरुकै चेली हौँ ।” दुर्गा प्रसाईं भन्दै उफ्रिँदै ? गर्नेहरुलाई बस्न नदिने चेतावनी उक्त भिडियोमा दिइएको छ ।
भोलि बिहीबार काठमाडौंमा युवा संघ र प्रसाईं दुवैले सभा आयोजना गरेका छन् । पार्टी प्यालेस सञ्चालक तेजबहादुर कुँवरले राति ११ बजे आफूलाई फोन गरेर यहाँ प्रसाईंका समर्थक नराख्न दबाब दिइएको बताए ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि एमालेको चर्को आलोचना भएको छ । एमालेको भ्रातृ संस्था युवा संघदेखि नेतृत्त्वसम्मको चर्को आलोचना भएको हो ।
म दुर्गा प्रसाईको पक्षमा होइन र छैन पनि तर यो ज्यादती बिरुद्ध उभिनै पर्ने देखियो, भोलि म पनि उनको कार्यक्रममा सहभागी हुने छु। उनको कार्यक्रममा सहभागी कसैलाई खान/बस्न समस्या भए कृपया मलाई संझनु होला, सहयोगको लागि तयार छु। 🙏🙏 https://t.co/PT0zV6ZD9M
— Sadiksha Karki (@Sadiksha_karki_) November 22, 2023
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ