प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको दाबी गर्नुभएको छ ।
मंंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रका कयौँ सूचकहरु सकारात्मक रहेपनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताउनुभयो । अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सहकारी, लघुवित्त, बैंक व्याज, व्यवसायीको कर्जा सम्बन्धीका समस्या विगतमा विभिन्न कारणले पैदा भएपनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ