नेपाल बालअधिकार परिषद्ले नेपालमा बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नेपालमा बालबालिकाको अवस्था हरेक क्षेत्रबाट नाजुक रहेको औंल्याईएको छ ।
देशमा ९८ लाख ६९ हजार ५८४ बालबालिका रहेकोमा भन्दै परिषदले केन्द्र र प्रदेश सरकारको तर्फबाट उनीहरुहरुको स्थिति सम्बन्धि प्रतिवेदन सार्वजनिक नगरेकोमा दुःख पनि व्यक्त गरेको छ ।
११ हजार बढी बालबालिका विभिन्न बालगृहमा संरक्षित रहेकोमा गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले बालबालिकाको नाममा अधिकारको दुरुपयोग गरेको पनि प्रतिवेदनमा औंल्याइउको छ ।
आर्थिक वर्ष २०७९/८० मा मात्र ८०९ जना बालबालिकाले आत्महत्या गरेको पनि उल्लेख छ भने बालबालिकाहरु लागु पदार्थ दुव्र्यसन र ओसारपसमा संलग्न रहेको पनि जनाइएको छ ।
प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा परिषद्का पदाधिकारीहरुले बालबालिकाको अवस्थाबारे अनुभव बाँडेका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ