२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

छठ पर्वको अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना सन्देश

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर ३ गते आइतबार

राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा राष्ट्रपतिले विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, हटाएर राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

प्रकृतिको पूजा गरिने छठपर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने राष्ट्रपतिको विश्वास छ ।

यसैगरि छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भाषा, कला, संस्कृति, चाडपर्व, भेषभुषा र सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशका विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नभएको छ ।

प्रकाशित मिति : २०८० मंसिर ३ गते आइतबार