२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् : बालेन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २८ गते मंगलबार

काठमाडौँ महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर शाहले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गरेका हुन् । टिकटक मात्र नभई अन्य सामाजिक सञ्जाललाई अनुगमन , नियममा ल्याउनुपर्ने उनको भनाइ छ ।

करको दायरामा ल्याएर गलत गर्नलाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न सरकारलाई उनको आग्रह छ । टिकटकबाट हुने भिडिओ दुरुपयोगमा आफू पनि पीडित भएको शाहले बताए ।

‘धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन्,’ शाह भन्छन्,’जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।’

नेपाल प्रहरीको साइबर क्राइम, नेपाल दूरसञ्चार प्राधिकरण गुहारेको उनले बताए । टिकटकले फेक आइडीमा ध्यान नदिँदा शुभचिन्तकले दुःख पाएको शाहले बताए ।

साथै खनयाँ उद्यमीहरूलाई बजार प्रवर्द्धन गर्ने प्लेटर्फमका रुपमा टिकटकको सदुपयोग भएको उनको भनाइ छ। ‘मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो प्लेटर्फम भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तराष्ट्रिीयकरण गर्न मद्दत गर्दै थियो,’ उनले भने ।

प्रकाशित मिति : २०८० कात्तिक २८ गते मंगलबार