नेपाल सम्वत सुरु भएको खुशियालीमा नुवाकोटमा नेवार समुदायले मंगलबार विभिन्न कार्यक्रम गरी मनाएका छन् । दरवार परिसरस्थित देवी भैरवीको प्राङ्गणबाट अशोक बाटिकासम्म र्याली निकालेर उनीहरुले नेपाल संवत् ११४४ को स्वागत गरेका हुन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल सम्बत ११४४ नेवारी समुदायले आफ्नो सांस्कृतिक पहिचान झल्कने गरी धुमधाम साथ मनाएको हो । नेपाल सम्वत सुरु भएको खुशीयालीमा नेवार समुदायसहित व्राम्हण क्षेत्री लगायत अन्य समुदायको पनि सहभागिता थियो ।
लिच्छवीकालिन राजा राघवदेवको पालामा काठमाडौका व्यापारी शंखधर साख्वाले सबैलाई ऋणबाट मुक्त गरेको खुशीयालीमा विक्रम सम्वत ९३६ बाट नेपाल सम्वत मनाउन थालिएको इतिहासमा उल्लेख छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । नुवाकोट