सूचनाको शक्ति - The Power Of Information

        

कला प्रदर्शनमा उत्रिए नेपाल प्रहरीका कुकुर (तस्वीर कथा)

आज तिहार अन्तरगत कुकुर तिहार । घरघरमा कुकुरलाई पूजा गरी मीठा–मीठा खानेकुरा दिएर कुकुर तिहार मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहारको बेग्लै र विशेष धार्मिक तथा साँस्कृतिक महत्व छ ।

कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन छ । भैरवको बाहनको रूपमा मानिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

कुकुर तिहारका अवसरमा महाराजगन्जस्थित नेपाल प्रहरी केनाइनको प्रधान कार्यालयको कुकुर विभागले पनि कुकुरको विशेष पूजाअर्चना गरेको छ । २३ जना केनाइन र ह्यान्डलरसँगै विभिन्न प्रदर्शनसँगै यस वर्षको उत्कृष्ट ह्यान्डलर र उत्कृष्ट कुकुरलाई सम्मान गरिएको हो ।

हाइजम्प र बाधापारमा ह्यान्डलर प्रहरी हवल्दार बुद्धिप्रसाद कँडेलको कुकुर रोज, रनिङ्गमा ह्यान्डलर प्रहरी हवल्दार भीमप्रसाद गौतमको कुकुर टाइगर प्रथम हुन सफल भएको छ । त्यस्तैगरी यो वर्षको अपराध छानबिनमा उत्कृष्ट ह्यान्डलर बुद्धिप्रसाद कँडेल भएका छन् भने उत्कृष्ट कुकुर वीरगन्ज केनाइन कार्यालयको ह्यान्डलर प्रहरी हवल्दार हतिफ हवारीको कुकुर रियो भएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार ११:४१

लोकप्रिय