सूचनाको शक्ति - The Power Of Information

        

तिहार सुरु भएसँगै घरघरमा झिलिमिली बत्ती (तस्वीरसहित)

तिहार सुरु भएसँगै घर, भवन तथा चोकहरुमा रङ्गीचङ्गी बत्ती राख्न थालिएको छ । तिहारलाई उज्यालोको पर्वको रुपमा लिइने भएकाले एक हप्ता अघिदेखि नै काठमाडौं लगायत मुख्य सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ ।

सहर बजारका ठूला भवनदेखि गाउँका साधारण घरमासम्म तिहारमा झिलिमिली बत्ती बाल्ने चलन छ । देश लोडसेडिङमुक्त भएपछि घर, कार्यालय, पसल सबैतिर विद्युतीय झलिमिलि बत्ती बाल्ने चलन बढेको हो ।

व्यवसायीहरुका अनुसार वर्षभरी हुने झिलिमिली बत्तीको कारोबारमध्ये ८० देखि ८५ प्रतिशत कारोबार तिहारका बेला मात्रै हुने गर्छ । यस वर्षको तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासङ्घले जनाएको छ ।

गएको वर्षको तिहारमा ४० करोडको मात्रै झिलिमिलि बत्ती आयात भएकोमा यसपालि ५ करोडले बढेको हो । व्यवसायीहरुले चीन, भारत, अष्ट्रेलिया लगायतका देशबाट झिलिमिली बत्ती ल्याउने गर्छन् । कुल आयातको ८० प्रतिशत चीनबाटै आउने गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार ०८:१६

लोकप्रिय