सूचनाको शक्ति - The Power Of Information

        

दुबईमा हुने कोप–२८ सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारी गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिन लागेको हो ।

त्यसका लागि वन तथा वातावरण मन्त्रालयले पनि पूर्वतयारी अघि बढाएको छ । पूर्वतयारीका सम्बन्धमा मन्त्रालयले बिहीबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका विकास व्यवस्थापन विज्ञ डा. पपुलुर जेन्टलले कोप–२८ मा प्रधानमन्त्री सहभागी हुने जानकारी गराए ।

‘यस पटकको जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञ सम्मिलित रहेको सशक्त प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ,’ उनले भने ।

नेपालबाट हालसम्म तीन सम्मेलनमा मात्र राष्ट्र वा सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ । सन् २००९ डेनमार्कको कोपहेगनमा भएको १५औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औं सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र सन् २०२१ मा स्कटल्याण्डमा भएको २७ औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ०७:१४

लोकप्रिय