२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

राष्ट्रपति पौडेलेको युरोप भ्रमण स्थगित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २० गते सोमबार

राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २२ गतेदेखि सुरु हुने युरोप भ्रमण स्थगित गर्नुभएको छ ।

जाजरकोटमा गएको भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएको भन्दै पौडेलले भ्रमण स्थगित गर्नुभएको हो ।

राष्ट्रपति पौडेल कात्तिक २२ देखि मंसीर १ गतेसम्म फ्रान्स, जर्मनी र इटलीको भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिने र त्यसपछि जर्मनी र इटालीको भ्रमणमा जाने कार्यक्रम रहेको थियो ।

तर भ्रमण राजकीय भ्रमण भने थिएन ।

प्रकाशित मिति : २०८० कात्तिक २० गते सोमबार