गत शुक्रवार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित स्थानीयवासीहरूले पुनर्स्थापना र राहतको पर्खाइमा रहेको बताएका छन् । विशेषगरी जाजरकोट र रुकुम पश्चिममा धेरै घर भत्किएका देखिएको छ ।
गृह मन्त्रालयका अनुसार यी दुई जिल्लामा गरी १५३ जनाको मृत्यु भएको छ । भूकम्पबाट घरहरूमा पुगेको क्षतिबाट जोगिन सकेकाहरू आफ्ना भत्किएका घरनजिकै त्रिपालमुनि बसेर रात बिताउने गरेका छन् ।
दिउँसो उनीहरू घरमा बचेका सामग्रीहरू निकालेर सुरक्षित ठाउँमा सार्न व्यस्त देखिन्छन् । जाजरकोटको भेरी नगरपालिका–१, रिम्नाका केही स्थानीयवासीले कुखुरा पाल्ने गरेको खोरमा शरण लिएका पनि देखिएको छ ।
जाजरकोट भूकम्पबाट प्रभावित स्थानीयहरू ।
जाजरकोट भूकम्पबाट भत्किएको एक घरमा सामान निकाल्दै महिला ।
जाजरकोटको भेरी नगरपालिकाका–१ रावत गाउँमा भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बसेका स्थानीयहरू ।
जाजरकोट भूकम्पबाट भत्किएको एक घरमा सामान निकाल्दै महिला ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जाजरकोट