सूचनाको शक्ति - The Power Of Information

        

आज मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

शुक्रवार जाजरकोट र रुकुमुमा गएको भूकम्पबाट भएको क्षति तथा भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफलका लागि बैठक डाकिएको हो ।

शनिवार भूकम्प प्रभावित क्षेत्रमा सबै मन्त्रीहरू राहत तथा उद्धारमा केन्द्रित भएका कारण उद्धार, राहत र पुर्नस्थापनाका लागि आज आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम सकिएको पनि बताएको छ ।

भूकम्प गएदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले शुरु गरेको उद्धार र खोजी कार्य हिजो अपरान्ह पुरा भएको सरकारले बताएको हो ।

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरी नेपालगञ्ज पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै शनिवार भग्नावशेषमा च्यापिएकाहरुको खोजी, उद्धार र उपचारमा ध्यान केन्द्रित गरिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आजदेखि राहत र पुनर्स्थापनाको काम शुरु गर्ने बताउनुभयो । आजदेखि आवश्यक राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पु¥याइने पनि प्रधानमन्त्री दाहालले बताउनुभएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतवार ०७:५४

लोकप्रिय