भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अहिले उद्दार कार्य जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयले भूकम्पपीडितको उद्दार गरिरहेका छन् । घाइतेहरुको जाजरकोट, रुकुम, सुर्खेत हुँदै नेपालगन्जसम्म उपचार भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टरबाट भूकम्पमा परी घाइते भएका सात जनाको उद्धार गरिएको छ । शुक्रबार राति भूकम्प गएपछि अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै जाजरकोट पुगेका थिए ।
अवलोकनपछि फर्किने क्रममा उनी चढेको हेलिकोप्टरमा सात जना घाइतेको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत् प्रधानमन्त्री प्रचण्ड जाजरकोट पुगेका थिए । सोही हेलिकप्टरमार्फत् जाजरकोटको नलगाढबाट ७ जना घाइतेको उद्धार गरेर सुर्खेत लगिएको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं