सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

भूकम्पले तहसनहस बनेको जाजरकोट (तस्वीर कथा)

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा १२९ जनाको ज्यान गएको छ । जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा ५५ बढी घाइते छन् ।

प्रहरीका अनुसार रुकुम पश्चिममा भूकम्पमा परी ३७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्लामा ८५ जना घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । दुई जिल्लामा ठूलो भौतिक क्षति पनि भएको छ । कयौं घरहरू भत्किएका छन् ।

उनीहरूको उद्दार र उपचारको काम भइरहेको प्रहरीको भनाइ छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो ।

हेरौं भूकम्पले क्षतिग्रस्त घरहरू :

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०९:४२

लोकप्रिय