२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

क्रिकेटकाे ‘क्रेज’ (फोटोफिचर)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १७ गते शुक्रबार

यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ ।

आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे ।  नेपाल र यूएईकाे छनाेटकाे सेमिफाइनल खेल हेर्न उल्लेख्य समर्थककाे उपस्थिति रहेकाे थियाे ।

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनाेट भएकाे हाे । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनाेट हुन सकेको थिएन ।

प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार