सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा बैठक बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सबन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ०८:२६

लोकप्रिय