प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन् ।
आम्दा अस्पतालको २५ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि प्रधानमन्त्री दाहाल बुटबल जान लागेका हुन् ।
आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रिपक्षीय लगानीमा निर्माण भएको उक्त अस्पताल ५० शय्या बनाइएको थियो ।
तर, अहिले सो अस्पतालको क्षमता विस्तार गरी २ सय शय्याकाे बनाउने भएपछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको शिलान्यास गर्नेछन् ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ