संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर आज फर्किँदै हुनुहुन्छ ।
महासचिव गुटेरेस आज कतार एयरवेजको विमानबाट दोहा प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत आइतवार बिहान नेपाल आउनु भएका गुटेरेसले ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय स्थलहरु ( पाटन दरबार स्क्वायर, सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्प, गौतमवुद्धको जन्मस्थल लुम्बिनी)को अवलोकन भ्रमण गर्नुका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुभयो ।
भ्रमण अवधिमा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षका साथै विभिन्न दलका शीर्ष नेतासँग पनि भेट गर्नुभयो ।
नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय महासचिव बन्नु भएका महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन राष्ट्रसंघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसका साथै जलवायु परिवर्तनले गर्दा नेपालले भोगिरहेको नकारात्मक प्रभावको क्षतिपूर्ती विकसित मुलुकबाट पाउनुपर्ने उहाँको जोड रहेको छ ।
महासचिव गुटेरसको भ्रमणले जलवायु परिवर्तनको असर न्युनिकरण तथा जलवायु परिवर्तनको शिकार भएवापत पाउनु पर्ने सहयोगका लागि नेपालको लबिङ पुग्ने अपेक्षा गरिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ