सूचनाको शक्ति - The Power Of Information

        

एमालेको चियापान कार्यक्रम आज च्यासलमा

नेकपा (एमाले)ले दसैँ, तिहार, छठ लगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज गर्दैछ ।

कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको एमालेले जनाएको छ ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ । एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो ।

तर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आज चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ०६:३२

लोकप्रिय