सूचनाको शक्ति - The Power Of Information

        

‘दिमाग खराब’को गीत ‘हितैको माया’ सार्वजनिक(भिडियो)

फिल्म‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘हितैको माया…’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर छ ।निश्चल बस्नेत निर्देशित फिल्मको भिडियोमाअभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई  फिचर्ड छन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

कात्तिक २४ गतेबाट रिलिज हुने फिल्ममा खगेन्द्र र स्वस्तिमासँगै दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायतको अभिनय छ ।

 निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एउटा गीतमा विशेष भूमिकामा देखिएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार १७:१६

लोकप्रिय