सूचनाको शक्ति - The Power Of Information

        

२०८४ सालमा सबै दललाई बिदा गर्ने रवि लामिछानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का सभापत रवि लामिछानेले २०८४ को चुनावमा सबै राजनीतिक दलहरुलाई एकैचोटी बिदा गर्ने दाबी गर्नुभएको छ ।

ललितपुरको मंगलबजारमा शुभकामना आदान प्रदान कार्यक्रममा सभापत लामिछानेले पुराना दलहरुले के गर्न सक्छौं ? भनेर नेपाली जनतालाई चुनौति दिइरहेको भन्दै ०८४ को चुनावबाट एकै पटकमा उनीहरुलाई पराजित गर्ने जिकीर गर्नुभयो । दिन दहाडै हत्या गर्नेलाई संविधान दिवसको दिन मुक्ति दिएर जनतालाई चुनौती दिएको लामिछानेको आरोप थियो ।

भ्रष्टाचारका फाइल खोले जस्तो गर्ने तर एक पछि अर्को गर्दै ठूला नेताहरु फस्ने देखिएपछि फाइल बन्द गर्ने गरिएको भन्दै उहाँले दल र नेताहरुले आफ्ना मान्छेका लागि सुनैसुनको महल खडा गरेको आरोप समेत लगाउनुभयो ।

यस्ता समस्याहरुको समाधान भनेको ०८४ को चुनावमा सबै दललाई एकै पटकमा बिदा गर्नु मात्रै भएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार १७:१३

लोकप्रिय