सूचनाको शक्ति - The Power Of Information

        

गाजा-इजरायल युद्ध : भोक, शोक र रोगसँग लड्दै जनता (तस्वीर कथा)

गाजा क्षेत्रमा शासन गर्ने इजरायल र हमास बीचको हिंसाको पछिल्लो आक्रमण अक्टोबर ७ मा सुरू भयो । दुवै पक्षले आक्रमणलाई तिव्रता दिए । इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्तिहरू बन्द गरेर बदला लियो ।

झण्डै ११ लाख मानिसको बसोबास रहेको उत्तरी गाजाबाट हालसम्म ७ लाख बाहिरिइसकेको बताइएको छ । इजरायलले त्यस क्षेत्रमा इस्लामिक विद्रोही समूह हमासले बनाएका सुरुङ मार्गहरु नष्ट गर्ने उद्देश्ले शक्तिशाली आक्रमण गरिरहेको छ ।

जारी युद्धमा ४ हजार ३८५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । जसमा १७ सयभन्दा बढी बालबालिका परेका छन् । इजरायलमा १४ सय बढीको मृत्यु भएको छ । युद्धले दुवै क्षेत्रमा उल्लेख्य मानवीय र भौतिक क्षति भएको छ । उद्धारका लागि लागि परिरहेका व्यक्तिहरूलाई विस्फोटक पदार्थहरूले थप कठिन बनेको छ ।

उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ । यहाँको सुरक्षा निकायलाई आतंककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू संकलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइ गरेको पाइएको छ । मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ ।

उता गाजा क्षेत्रमा लगातार हमला गर्दा लासलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको स्वंयसेवकहरूले अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन् । यस्तै, शनिबार र आइतबार कूल ३४ वटा ट्रकले सोही रफाह क्रसिङमार्फत इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी, औषधि र चिकित्सकीय उपकरणसहित अत्यावश्यक सामग्री पुर्याइएको छ ।

यी प्रयासका बावजुद मानव अधिकार संस्थाहरूले प्यालेस्टिनी क्षेत्रसम्म पर्याप्तरूपमा सहायता सामग्री नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बीस लाखभन्दा बढी नागरिकको घरमा इजराइलको लगातारको बमबारी र पूर्ण नाकाबन्दीका कारण गम्भीर पानीको समस्या र भोकमरीको खतराको सामना गरिरहेको छ ।

तस्वीरहरु : रोयटर्स

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार १४:०१

लोकप्रिय