सूचनाको शक्ति - The Power Of Information

        

दसैँमा मात्र गाइने भजन (तस्वीर कथा)

पाल्पाको तानसेनस्थित एक मन्दिरमा दसैँमा मात्र एउटा भजन गाउने गरिन्छ । तानसेन नगरपालिका–३, भगवती मन्दिरमा दसैंको घटस्थापनादेखि नवरात्रभर लोपोन्मुख डाफा भजन गाइने गरेको हो । यो भजन सेनकालिन भएको तानसेन टक्सारका ज्येष्ठ नागरिक मंगलमान बज्राचार्यले जानकारी दिए । यो भजन वर्षमा एक पटक पाल्पाको भगवती मन्दिर परिसरमा मात्र गाइन्छ ।

तर यसको संरक्षण हुन नसक्दा परम्परागत संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको हो । तानसेनमा डाफा भजन गाउन र यसको रागका साथै ताल मिलाउन जान्ने दुई जना मात्र छन् । भजनगुरु ज्ञानुकुमार बज्राचार्य र मंगलमान बज्राचार्यले गरेका हुन्छन् । दुवैले दुई समूहको नेतृत्व गर्छन् । हातमा हार्मोनियम, तबला बजाउँदै अगाडी राखिएका भजनको पाना हेर्दै गाउन भने अरूले पनि सहयोग गर्छन् ।

हार्मोनियम र तबलासँगै मुजुरा, झ्यालीको ताल पनि मिलाइन्छ । खासमा डाफा भजन भने मृदङ्गा र झ्याली बजाएर डाफा भजन गाइने भए पनि यसलाई परिष्कृत गर्दै लगिएको छ । पछिल्लो समयमा युवापुस्तालाई कुनै पनि भजन कीर्तनमा खासै चासो छैन । एकातर्फ वयोवृद्ध भजन गाउनेहरूको निधनसँगै लोप हुने हो कि भन्ने चिन्ता रहेको संस्कृतिविद् मदन देउरालीले बताए ।

मनिष अर्याल । नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार ११:१८

लोकप्रिय