सूचनाको शक्ति - The Power Of Information

        

प्रज्ञा प्रतिष्ठानमा ‘यम बराल लाईभ कन्सर्ट’ हुने

लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनलेको आयोजनामा ‘यम बराल हिस्टोरिकल सोलो लाईभ कन्सर्ट’को आयोजना गरिने भएको छ ।

शुक्रबार क्लबले पत्रकार सम्मेलनमार्फत धादिङको श्री डोल भञ्ज्याङ माध्यामीक विद्यालयको भौतिक मर्मत गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागेको जनाएको हो ।

जिल्लाको दुर्गम स्थानमा रहेको विद्यालयमा चेपाङ र तामाङ समुदायका ५ सय ४१ जना विद्यार्थी अध्ययनरत रहेका छन् । त्यस्तै, कन्सर्टबाट संकलन भएको केही रकम क्यान्सर पीडित गायिका जमुना थापा र तुलसादेवी फाण्डेसनद्धारा सञ्चालित अनाथालयलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।

कन्सर्ट आगामी कार्तिक १८ गते साँझ ५ बजेदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने जनाइएको छ । कन्सर्टमा गायक यम बरालले २५ वटा गीत गाउने जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार १८:५९

लोकप्रिय