सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘परदेशी २’ ले हालसम्म कति कमायो?

असोज २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’को कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ ।

निर्माण टिमल्र पोस्टर सार्वजनिक गर्दै फिल्मले दुई करोड माथिको ब्यापार गरेको खुलाएका छन् ।

निर्माताले झन्डै २ करोड दाबी गरेका छन् । शनिबार र आइतबार फिल्मको कमाई राम्रो थियो ।

काठमाडौंभन्दा उपत्यकाबाहिरका हल (विशेषगरी सिंगल थिएटर)मा फिल्मप्रति दर्शकको आकर्षण देखिएको छ ।

नारायण रायमाझीद्वारा निर्देशित फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, रमा थपलिया, नीर शाह, दीलिप रायमाझी, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की आदिको पनि अभिनय छ ।

फिल्ममा गीतकार रमेश बिजीको लेखन रहेको छ । निर्देशक रायमाझी र राजेश वंशलले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १६:३०

लोकप्रिय