२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

एमाले छाडेपछि रिनाकुमारीको मेयर पद चैट !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० असोज ३० गते मंगलबार

नेकपा (एमाले) त्याग गरेकी रिनाकुमारी साहको मेयर पद गुमेको छ । उनी २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन् ।

उनी एमाले छाडेर श्रीमान् प्रभु साहको आम जनता पार्टी प्रवेश गरेकी थिइन् र एमालेले दल त्याग गरेको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको सूचना आयोगले मंगलबार निकालेको हो ।

प्रकाशित मिति : २०८० असोज ३० गते मंगलबार