सूचनाको शक्ति - The Power Of Information

        

भीम रावललाई प्रश्न, ‘एमाले कहिले छोड्नुहुन्छ ?’

एमाले नेता भीम रावलले छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म पार्टी नछाड्ने बताएका छन् । धनगढी विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै रावलले भने, ‘म त्यति बेलासम्म रहन्छु जतिबेला छेउबाट तल धकेल्दाखेरी मैले खुट्टा टेक्नुपर्ने अवस्था आउँदैन ।’

त्यो अवस्था अझै सिर्जना भएको छैन ? भन्ने प्रश्नमा रावलले ‘अध्ययन गर्दैछु’ भन्ने जवाफ दिए । चितवनमा भएको दसौँ अधिवेशनमा केन्द्रीय अध्यक्षमा पराजित भएका एमाले नेता डा भीम रावल त्यसयता पार्टीभित्र कुनै पदमा छैनन् ।

गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन् । उनी पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् । एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा समेत रावललाई बोलाइएको थिएन । अधिवेशनका लागि रावलले निमन्त्रणा नगरिएको विषयमा निकै चर्चा भएको थियो ।

पार्टी नेतृत्वले रावललाई सुदूरपश्चिममै पाखा लगाउन खोजेको कतिपय कार्यकर्ताले बताएका थिए । केही समयअघि भने एमालेले रावलसित संवाद गर्न टोली बनाएको थियो । त्यो टोलीसँग एक पटक रावलले कुराकानीसमेत गरेका थिए । एकपटक पार्टी अध्यक्षसित पनि भेट भएको बाहेक थप के भयो भन्नेबारे पार्टीबाट जिम्मेवारी पाएका व्यक्तिलाई थाहा हुने उनले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १०:११

लोकप्रिय