२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

प्रतिनिधिसभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज २६ गते शुक्रबार

प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले दशैंको शुभकामना व्यक्त गर्दै १६ दिनका लागि लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।

आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि पठाएको छ । यस्तै विभिन्न कारणले दश वटा भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत गरिएको छ ।

संसदको अर्को बैठक कात्तिक १२ गते दिउँसो १ बजेका लागि बोलाईएको छ ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रबार