सूचनाको शक्ति - The Power Of Information

        

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै, के छन् एजेन्डा?

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। जसअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बिहान साढे ११ बजे बस्नेछ।

बैठकमा प्रकाश पन्थले प्रस्तुत गर्ने अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव छलफल हुनेछ। छलफलमा उठेका विषयको सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।

साथै आज बस्ने बैठकमा नै रमेशजंग रायमाझीले राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज २ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आ.व. २०७८/७९’ पेश गर्ने, ‘राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७९/८० पेश गर्न, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं वार्षिक प्रतिवेदन आ.व. २०७९/८० पेश गर्ने कार्यसूची रहेको छ।

यसैगरी, दाहालले ‘राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आ.व. २०७८/७९ पेश गर्ने, ‘राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७९/८०’ पेश गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं वार्षिक प्रतिवेदन आ.व.२०७९/८० पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १०:१७

लोकप्रिय