सूचनाको शक्ति - The Power Of Information

        

दशैँको मुखमा देशभर ह्वात्तै बढे डेङ्गीका बिरामी

काठमाडौं उपत्यका लगायत देशभर एक सातायता डेंगी संक्रमण बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेको हो ।

जनस्वास्थ्यविद्हरूले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग ‘पोस्ट-मनसुन’ अर्थात् बर्खा सकिएपछिको अवधिमा थप फैलिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन् । डेङ्गीको प्रकोप नियन्त्रण तथा रोकथाममा स्थानीय सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै विज्ञहरूले असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

यो वर्ष काठमाडौं उपत्यकाका तीनसहित ७६ जिल्लामा डेङ्गीका बिरामी रहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नेपालीहरुको महान चाँड दशै नजिकिदै गर्दा डेंगु संक्रमण बड्नुले त्रास फैलीएको छ ।

चाडबाडको बेला खानपान र रहन सहन पनि अस्तव्यस्त अवस्थामा रहने भएकाले संक्मित अझै बड्न सक्ने र विरामीको मृत्युदर पनि बड्ने जोखिम देखिएको अधिकारीहरूले बताएका छन् ।

यो वर्षको जनवरी १ देखि अक्टोबर १० तारिखसम्म ३८ हजार ५९ जनामा डेङ्गी पुष्टि भएको छ भने त्यसबाट २० जनाको ज्यान गएको महाशाखाको तथ्याङ्क छ ।

दार्चुला, दाङ, अछाम, डोटी, सुर्खेत, बझाङ, डडेलधुरा, रसुवा, मुगु, जुम्ला, कालीकोट र हुम्लामा बाहेक अरू जिल्लामा एकदेखि हजारौँको सङ्ख्यामा डेङ्गीको बिरामी रहेको स्वास्थ्य मन्त्रालयले मङ्गलवारसम्म सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ ।

डेङ्गीबाट बच्ने उपाय

  • लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने ।
  • खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने ।
  • पानी छोपेर राख्ने ।
  • शरीरका अधिकांश अङ्ग ढाक्ने किसिमका लुगा लगाउने ।
  • सकेसम्म फिक्का सेतो रङ्गका लुगा लगाउने ।
  • दिनमा टोक्ने लामखुट्टेबाट बच्ने ।
  • लामखुट्टेको टोकाइ जोगिन तिनलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १०:२८

लोकप्रिय