सरकारले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ ।
गत वैशाख २४ गतेदेखि सुरु भएको वर्षे अधिवेशन निर्वाचनपछि बनेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन हो ।
यही असोज २७ गते आसपासको मितिमा अधिवेशन अन्त्यको तयारी गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए ।
सरकारले असोज २७ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम बनाएको छ ।
महासचिवको सम्बोधनसँगै वर्षे अधिवेशन अन्त्यको तयारी गरिएको हो । त्यसअघि असोज २५ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
यस्तै राष्ट्रियसभा तर्फ चौधौँ अधिवेशन अन्तर्गत असोज २६ गते शुक्रबार बैठक बोलाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ