२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज २३ गते मंगलबार

सरकारले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ ।

गत वैशाख २४ गतेदेखि सुरु भएको वर्षे अधिवेशन निर्वाचनपछि बनेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन हो ।

यही असोज २७ गते आसपासको मितिमा अधिवेशन अन्त्यको तयारी गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए ।

सरकारले असोज २७ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम बनाएको छ ।

महासचिवको सम्बोधनसँगै वर्षे अधिवेशन अन्त्यको तयारी गरिएको हो । त्यसअघि असोज २५ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

यस्तै राष्ट्रियसभा तर्फ चौधौँ अधिवेशन अन्तर्गत असोज २६ गते शुक्रबार बैठक बोलाइएको छ ।

प्रकाशित मिति : २०८० असोज २३ गते मंगलबार