नेपाल राष्ट्र बैँकले यस वर्षको दशैँ, तिहार तथा छठ पर्वका लागि यही असोज २९ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ ।
दशैँ, तिहार र छठलाई लक्ष्य गरी घटस्थापना (असोज २८) को भोलिपल्टदेखि नयाँ नोट सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आफ्ना कार्यालय मार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्नेछ ।
अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको राष्ट्र बैँकले जनाएको छ । पहिलो चरणमा वाणिज्य बैँकहरूलाई मागनुसार राष्ट्र बैङ्कले नयाँ नोट दिने गरेको छ ।
राष्ट्र बैँकले अघिल्ला वर्षमा झैँ यस वर्ष पनि व्यक्तिलाई ५, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ