सूचनाको शक्ति - The Power Of Information

        

‘परदेशी २’को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘परदेशी २’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथा देखाइएको छ ।

फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । दशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा रमा थपलिया, नीर शाह, दीलिप रायमाझी, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की आदिको पनि अभिनय छ ।

फिल्ममा गीतकार रमेश बिजीको लेखन रहेको छ । निर्देशक रायमाझी र राजेश वंशलले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् ।

यो फिल्मबाट गायक सपूतले अभिनेताको रुपमा डेब्यू गरेका हुन् ।मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई र रामजी लामिछानेको नृत्य निर्देशन रहेको ‘परदेशी २’लाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार १६:०६

लोकप्रिय