२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतले छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

यसरी प्रमाणपत्र पेस गर्ने राजदूतहरूमा नेपालका लागि स्वीटजरल्याण्डका आवासीय राजदूत डेनियल मेउली मोन्टेलोन र युरोपियन युनियनका लोरेन्जो भेरोनिक हुनुहुन्छ ।

यसैगरी, नेपालका लागि स्विडेन अधिराज्यका जन थेस्लेफ, हंगेरीका स्तभान स्जाबो र चेक गणतन्त्रका डा. एलिस्का जिगोवा हुनुहुन्छ ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

नवनियुक्त राजदूतको राजधानी होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिल्लासहित बग्गीमा सवार बनाइएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहीबार