सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम अपिल गर्नुभएको छ ।

प्रतिनिधिसभाको आज मङ्गलवारको बैठकको आकस्मिक समयमा उहाँले बाँकेको नेपालगञ्जमा कर्फ्यु लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद जबराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालगञ्जमा दुई समुदायबीच हिंसा फैलिएको छ ।

यो सबै कुराको जड मोबाइल हो । चाहे मधेस प्रदेश होस् वा विभिन्न भागमा भएका घटना हुन् । त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गरिनुपर्छ ।’

नेपालगञ्जलाई सद्भावको सहर बनाउन लागिपरेको भन्दै सांसद जबराले सहरमा शान्ति सुरक्षा र सद्भाव कायम राख्न संयम भएर लाग्न नेपालगञ्जवासीलाई अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ०९:३८

लोकप्रिय