सूचनाको शक्ति - The Power Of Information

        

एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह बिजयी

नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी हुनुभएको छ ।

शाहले आफना मुख्य प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२ मतले हराउनुभएको हो । शाहले ३ सय ६९ मत ल्याउँदा शाहीले २ सय ७ मत प्राप्त गर्नुभयो ।

एमालेका पोटिलब्युरो सदस्य शाह पहिलो प्रदेशसभाको चुनावबाट प्रदेशसभाका सदस्य बन्नुभएको थियो । अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत मात्र पाउनुभयो । शाह यामलाल कँडेल समूह र शाही गोरख बोगटी समूहबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

उपाध्यक्षमा गुलाबजंग पक्षकै टेकराज पछाई ३ सय ४२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी उम्मेदवार लालबहादुर महताराले १ सय ७६ मत र दानसिंह परिवारले ५९ मत ल्याउनुभयो ।

यसैगरी सचिवमा ध्रुवबहादुर शाही ४ सय ६ मत ल्याएर विजय हुनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ०२:००

लोकप्रिय