सूचनाको शक्ति - The Power Of Information

        

एमाले प्रदेश अधिवेशन : कर्णालीमा आज मतगणना

 सुर्खेतको वीरेन्द्रनगरमा जारी एमाले कर्णाली प्रदेशको अधिवेशनमा सोमबार मतगणना हुने भएको छ ।

आइतबार राती ९ बजे सम्पन्न मतदानको मतगणना सोमबार बिहान ८ बजेबाट गर्ने तयारी भएको निर्वाचन कमिटीले जनाएको छ । कुल ६ सय १६ जना प्रतिनिधिहरु रहेको उक्त अधिवेशनमा ७ जना अनुपस्थित रहेका थिए ।

एमालेको प्रदेश कमिटी अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटका प्रकाश रोकाया चुनावी प्रतिस्पर्धामा छन् । शाही गोरख बोगटी समूह, शाह यामलाल कँडेल समूह र रोकाया स्वतन्त्र उम्मेदवार हुन् ।

यस्तै, प्रदेश कमिटीको उपाध्यक्षमा मुगुका दानिसंह परियार, जुम्लाका टेकराज पछाई र जाजरकोटका लालबहादुर महतरा चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी सचिवमा रुद्रबहादुर शाही र ध्रुवबहादुर शाही प्रतिस्पर्धामा छन् ।

एमालेले प्रथम अधिवेशनबाट ५ पदाधिकारीसहित १ सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन गर्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ०१:४०

लोकप्रिय